पथरी: मोरङ्गको पथरीशनिश्चरे ३ मा रहेको लापोन्मुख सन्थाल जातिको वस्तीका बालवालिका आर्थिक अभावको कारण पढाइ छोड्न बाध्य छन् ।

अध्ययन निरन्तर गर्न रकम अभाव भएको कारण पढाइ बीचैमा छाडन वाध्य हुनु परेको उनीहरुको गुनासो छ । सरकारले निःशुल्क भर्ना अभियान सञ्चालन गरे पनि उनीहरुको पहुँचमा त्यो भर्ना अभियान पुग्न सकेको छैन । अध्ययन गर्ने भनेपनि रकम अभावकै कारण छोराछोरीलाइ विद्यालय पठाउन यो समाजका अभिभावकलाई समस्या परेको छ । पुर्वी मोरङ्ग र झापामा वसोवास गर्ने सन्थाल समुदाय अति लोकउन्मुख समुदायका रुपमा सुचीकृत छ । सोही वस्तीका सुरेश हेमरमले ५ कक्षा पढदा पढदै स्कुल छोडे । रोजगारीका लागी भारत पुगेका उनी अध्ययन गर्ने मन हुुदाहुदै स्कुल छोडेको बताउँछन् । ‘स्कुल जान त मन हुन्थ्यो नि तर बुवा आमाको कमाईले पुग्दैन थियो, हेमरनले भने,‘पैसाको अभाव भयो । आवश्यक सामाग्री किन्न पनि पैसा पुगेन र अनि पढ्नै छोडे ।’

हेमरन बिद्यालयको पढाइ छोडेर पैसा कमाउन भारत लागे । पाँच बर्ष भारतमा काम गरेर अहिले उनी घर फर्किएका छन् । हेमरान मात्र हैन, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा ३ की सुस्मा हुरेनको अवस्था पनि उस्तै छ । घरमा आर्थिक अवस्था कमजोर भएका कारण बिद्यालयमा आवश्यक सामाग्रीसमेत किन्न गाह्रो हुने सुस्मा बताउँछिन । उमेरले २० वर्ष पुगेकी सुस्माले १० कक्षासम्म पढेर बिद्यालय जान छोडिन् । दिनभरी अर्काको खेतवारीमा ज्याला मदजुरी गरेर गुजारा गर्दै आएका यो बस्तीका अभिभावकहरुलाई आफ्नो छोराछोरीको आवश्यकता पुर्ति गर्न हम्मे छ । आफ्नो अभिभावकको पीडाबोध भएका सन्तानहरु पनि बीचैमा बिद्यालय छोडेर मजदुरी गर्न तिर लागछन् ।

माइनो सुरेनको २ छोरा र एक छोरी छन् । दुई छोराले प्रावि तह पढ्दा पढ्दै स्कुल छोडे । छोरीलाई १० कक्षासम्म जेनतेन पढाएको माइनो बताउँछिन । उनले भनिन्, छोराहरुलाई अवश्यकता अनुसार पढाउन नसकेकोमा निकै दुःख छ । विद्यालय जानका लागि आवश्यक पर्ने पाठय सामाग्री र विद्यालय पोशाक व्यवस्था गर्न पनि अभिभावकहरलाई कठिनाई छ । पाठ्यपुस्तक र पोशाकको व्यवस्था गर्न सके आफुहरुले पढाइलाई निरन्तरता दिनसक्ने यहाँका अधिकांश बालबालिकाहरु बताछन । पथरीशनिश्चरे नगरपालिकाका सामाजिक विकास समितिका संयोजक कपिलमणी ढकाल आउने शैक्षिक सत्रबाट स्कुल जान नसक्ने वालवालिकाको लागत लिएर उनीहरुलाई नगरपालिकाले नै शौक्षिक सामग्री दिने बताउँछन् । 'विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्न नगरपालिकाले सहयोग गर्छ,' ढकालले भने ।