तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय तुलसी गड्तौलाको घरमा आगलागी हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घरको चुल्होबाट बिहिबार दिउँसो करिब पौने एक बजे अचानक आगो निस्किएको थियो । आगलागीबाट ढुंगा, माटोले बनेको फुसको छानो भएको दुई तले घरमा क्षति पुगेको प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताए ।

आगलागीबाट गड्तौलाको घर सहित नगद १० हजार, घर भित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागी भएको खबरपति जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयबासीले दिउँसो साढे २ बजे आगो नियन्त्रणमा लिएको थियो ।