तेह्रथुम: तेह्रथुममा १३ वर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए । उनका अनुसार मंगलबार राती साढे ९ बजे बालिकाको कोठामा गई जबरजस्ती गर्न खोजेको परिवारको उजुरीपछि बुधबार विहान लिम्बुलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।