धरान: मंसिरको चिसो सिरेटोको कुनै पर्वाह नगरी नेपथ्य ब्यान्डको प्रस्तुती हेन शुक्रबार धरान १६ रंगशाला भरिभराउ थियो ।

दिउसो ४ बजे देखी कार्यक्रम स्थलमा दर्शकहरु उक्त कार्यक्रममा रमाउन पुगिसकेकाथिए । नेपथ्य ब्यान्ड २५ वर्ष पुगेको खुशीयालीमनाउदै च्यारीटीका लागि नेपालका विभिन्न ३ शहरहरुमा आफ्नो प्रस्तुती दिने क्रममा धरान आईपुगेको थियो । कफीआवर धरान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुको समहु परिक्रमा विद्यार्थी परिवारले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

8-3 copy

लामो समयको अन्तराल पछि नेपथ्यको गीत संगीतमा रमाउन युवा देखी पाका उमेर सम्मका दर्शकको उपस्थिति थियो । करिब ३ हजार बढी दर्शकको सहभागी थियो । साँझ पौने ६ बजे स्टेजमा गायक अमृत गुरुङ देखा पर्दा दर्शकको हुटिङ मार्फत स्वागत गरे । लामो समय पछी धरानमा कार्यक्रम गर्ने धोको पुरा भएको गायक गुरुङले बताए । गायक गुरुङले हिमाल चुली त्यो पल्लोपट्टि ,छेक्यो छेक्यो, खान्न म त लामपाते सुरती, चरी मर्यो सिसैको गोलीले लगायत चर्चित गीतहरु गाए ।

अधिकांश गीतहरु उतिकै प्रसिद्ध भएकाले उनलाई दर्शकहरुले गाएर साथ दिए । शुक्रबार पुर्णिमाको रात धरान संगीतमय बनेको थियो । एकोहोरो गीत गाउन व्यस्त गायक गुरुङले दर्शकलाई नचाउन जोमसोमै बजारमा, सालैजो, यो जिन्दगानी,जोगले हुन्छ भेट जस्ता गीतले दर्शक मस्ती दिलाए । गायक गुरुङले भने, ‘तपाईंहरूकै मायाले लगातार २५ वर्षदेखि गाउँदै आएका छौ । यो पुर्णिमाको रातमा धरानमा सांगीतिक कार्यक्रम गर्न पाउदा खुशी छु ।’

46514050_10216211887785650_6371900333727154176_o copy

IMG_2060-696x464 copy

IMG_2034 copy

IMG_2029 copy

IMG_8899 copy