तेह्रथुम : ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान तेह्रथुममा पनि आजदेखि सुरु भएको छ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।
अभियानको सुरु गर्दै तेह्रथुममा पनि अधिकारवादी संघ संस्थाको अगुवाई सचेतनामुलक रयाली तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा सहभागी अधिकारवादी तथा जनप्रतिनिधिहरुले महिला हिंसा न्युनिकरणका लागि कानुनको कार्यान्वयनमा जोड दिएका छन् । सहभागीले बढ्दो बलात्कारका घटना न्युनिकरण गर्न सर्वस्व सहित आजीवन काराबासको व्यवस्था गरिनुपर्ने माग गरेका छन् । यसअघि बसपार्कबाट सुरु भएको रयालीले बजार परिक्रमा गरिएको थियो ।

terhathum (5)

र्यालीमा म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, संघसंस्था र अधिकारकर्मीहरु सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले जिल्लामा महिला हिंसा र अपराधको अवस्थाबारे जानकारी दिए । म्याङलुङ नगरपालिकाको संयोजनमा जिल्लास्थित डेढ दर्जन बढी अधिकारवादी संघसंस्थाहरुले १६ दिने अभियानभर विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने जनाएका छन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको थियो ।

terhathum (3)