ईनरुवा । महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत इनरुवा नगरपालिकामा प्रभातफेरी गरियो ।

इनरुवा नगरपालिकाको संयोजन तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुको पहिलो दिन प्रभातफेरी सेतो रिवन वितरण महिला हिंसा विरुद्ध चेतनामुलक हस्ताक्षर अभियान चलाइएको हो । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलको अध्यक्षतामा इनरुवामा महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनमा हुदै आएको छ ।

अभियान अन्र्तगत पहिलो दिन इनरुवा नगरपालिकामा भेला भएर सेतो रिवन वितरण, म हिंसा गर्दिन, म हिसा सहन्न र म हिंसा गर्न दिन्न भन्ने प्रतिवद्धता गर्दै हस्ताक्षर संकलन र प्रभात फेरी गरियो । अभियान अन्र्तगत नगरपालिका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विक लगायतले हस्तारक्ष गरे । त्यसपछि आयोजित प्रभातफेरीमा विभिन्न संघसंस्था, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

दुहवी नगरपालिकामा पनि

46507466_268462997349175_4068811300493328384_n copy

दुहवी नगरपालिकामा पनि ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाइ स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि शुरु भएको छ । आइतवार विहान दुहवी नगरपालिकामा भेला भइ सेतो रिवन लगाएर दुहबी बजारमा प्रभात फेरी ¥याली गर्दै कोणसभा गरिएको थियो ।

दुहवी नगरपालिकाको आयोजनामा भएको प्रभातफेरीमा दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारी, प्रहरी, स्थानिय संघ संस्थाका प्रतिनिधि, संचारक्रमी लगायतको उपस्थिती रहेको थियो । कोणसभामा बोल्नुहुँदै दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले लैङ्गिक हिंसा मानवता विरुद्धको अपराध भएकोले यसको अन्त्यका लागि विभिन्न अभियानहरु सञ्चालन गर्नुपर्ने बताए । महिलाहरुलाइ सामान अधिकार र अवसर दिनुपर्नेमा पनि जोडदिए ।

उपमेयर सुनिता दाहाल(साह)ले दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा ओरेक नेपालकी शान्ती दनुवारले विगतका तुलनामा महिलाहरूमा चेतनास्तर बढेकोले र हिंसाका घटनाको उजुरी समेत बढेको बताइन् । कार्यक्रममा सहभागी भएकाहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको सहकार्यको खाँचो औँल्याएका थिए । कार्यक्रममा सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्डसहित सहभागी थिए ।

46715773_551759148582743_6973151959385636864_n copy

दुहवी नगरपालिकामा आवाज नेपाल, ओरेक नेपाल, वातावरण संरक्षण तथा दक्षजनशक्ति विकास केन्द्र,महिला मानव अधिकार रक्षक संजाल लगायतको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । मंसिर ९ देखि २५ गतेसम्म महिला हिंसा, यौन हिंसा, लागूऔषध विरुद्ध विभन्न सचेतना कार्यक्रम राखिने दुहवी नगरपालिकाकी महिला विकास शाखाकी अधिकृत मञ्जु लोहनी ले बताइन् ।

हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।