इटहरी : महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्र्तगत इटहरी उपमहानगरपालिका क्षेत्रमा सेतो रिवन र प्रभातफेरी आयोजना गरियो ।

इटहरी उपमहानगरपालिकाको संयोजन तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको पहिलो दिन प्रभातफेरी सेतो रिवन वितरण गरी महिला हिंसा विरुद्ध चेतनामुलक सुरु भएको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम अध्यक्षतामा इटहरीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनमा हुदै आएको छ । अभियान अन्र्तगत पहिलो दिन सेतो रिवन वितरण र प्रभात फेरी गरियो ।

लौगिंक हिंसा र दुव्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका साथ इटहरीमा पनि महिला हिंसा विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन सुरु भएको हो । जस अन्र्तगत रेडियो कार्यक्रम , सेतो रिवन वितरण ,प्रभातफेरी , महिला जनप्रतिनिधि र संघसंस्थालाई वर्तमान कानुन बारे सचेतना र अन्तरक्रिया ,महिला हिंसा विरुद्ध सडक नाटक ,अपागंमैत्री विद्यालयलाई सम्मान लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान मात्र नभएर सधै सचेतनाका अभियान सञ्चालन गरिने सो कार्यक्रममा उपप्रमुख गौतमले वताइन । १६ दिने अभियानलाई सफल वनाउन इटहरी क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ,संस्थाहरुको पनी सहभागिता रहेको थियो ।