मोरङको कानेपोखरी ७ अन्तर्गत छधारे, जिरिखिम्तीस्थित पूर्वपश्चिम सडक खण्डमा आइतबार साझ मोटरसाइकल दुर्घटना हुदा भूमिहीन सुकुम्बासी नेता ओमनाथ उप्रेतीको मृत्यू भएको छ । पथरी शनिश्चरे १० का ६५ बर्षका ओमनाथ उप्रेतीको उपचारको क्रममा बिराट नर्सिङ्ग अस्पतालमा सोमबार विहान ५ बजे मृत्यु भएको जनाइएको छ। सोही मोटरसाइकलमा पछाडी सवार भरतमणि आचार्यको भने उपचार जारी रहेको छ । निजको अवस्था खतरामुक्त रहेको छ । पश्चिमबाट पूर्व आउदै गरेको मे ९ प २७७९ नम्बरको मोटर साइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ । उप्रेती नवदुर्गा सामुदायिक मन्दिरको अध्यक्ष र भूमिहीन सुकुम्बासी जिल्ला कार्यसमिति मोरङका संयोजक पनि हुन् । गत वर्ष भएको स्थानिय तहको निर्वाचनमा उप्रेती तत्कालिन नेकपा एमाले वाट वडा सदस्य पदमा उम्मेद्धार वनेका थिए । उप्रेती र आचार्य मन्दिरको कामले विराटनगर गएर घर फर्कदै गर्दा दुर्घटनामा परेका थिए ।