पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित भूटानी शरणार्थीहरुले लैंगिक तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै शिविरमा र्याली निकालेका छन् ।
शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग, लुथरन विश्व फेडेरेशन, सेल्फहेल्प ग्रुप, शिविर व्यवस्थापन समिति, पथरीशनिश्चरे नगरपालिकासहितको सहकार्यमा दिवश मनाउने क्रममा शरणार्थीले र्याली निकालेका हुन् । चुप नबसौं, हिंसा रोक्न आवाज उठाऔंसहितका नाराहरु लेखिएका प्लेकार्ड बोकेर शरणार्थीहरुले शिविर परिक्रमा गरेका थिए ।
अभियानको उद्घाटन् गर्दै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले आफुले नगरका महिलाहरुका लागि ३ सय ६५ दिन नै हिंसा विरुको दिन बनाएर लाने काम गरिरहेको बताइन् । उनले शिविरका महिलाहरुलाई समेत समावेश गरेर ढाका,तानसहितका सीपमुलक तालिम सञ्चालन गर्ने जानकारी दिइन् । कार्यक्रम, शिविर व्यवस्थापन समिति चम्पासिंह राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।