सप्तरी: घुस रकमसहित पक्राउ परेका नापी कार्यालय, कन्चनपुर सप्तरीका सर्भेक्षक दिपेन्द्रप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालत, काठमाण्डौमा आरोप पत्र दायर गरेको छ ।

अख्तियारका सहप्रवक्ता एवं सहसचिव रामेश्वर दंगालका अनुसार उनलाई भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० वमोजिम कसुर गरेको देखिएकोले विगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको छ । यादवलाई एक सेवाग्राहीसँग जग्गाको क्षेत्रफल नक्सा संशोधन गर्ने कामको लागि घुस लिएको १० हजारसहित अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।