पथरी : आफ्नै खेतमा परालको नरुवा जलाउने क्रममा धानसहितको कुन्यूमा आगलागी हुदा मोरङको कानेपोखरी ४ मा १ लाख २५ हजार वरावरको क्षति भएको छ ।
स्थानिय फुलछिरिङ शेर्पाको खेतमा बनाइएको धानको कुन्यूमा आगलागी धान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर २५ कट्ठा जमिनमा उब्जनी भएको १ लाख २५ हजार मूल्य बराबरको धान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।