पथरी:पुर्वपश्चिम राजमार्गअन्र्तगत पथरी कानेपोखरी सडक खण्डको जंगलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको ज्यान गएको छ ।

बा ६४ प १९९१ नम्बरको माटेरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । कालो र निलो रंगको पल्सर मोटसाइललाई को १ ख ५७५२ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । टिपर पनि फरार रहेको प्रहरीले जनाएको छ । घटना मंगलबार साँझ करिब पौने ६ बजेको हो । ठक्कर दिने ट्रिपरको खोजी र मृतकको पहिचान गर्न प्रयास भइरहेको प्रहरीले जनाएको ।