झापा: अर्जुनधारा नगरपालिकामा महिला हिंसाविरुद्ध बृहत अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको समुदाय प्रहरी नगर समितिको आयोजनामा बृहत अन्तकृयामा कार्यक्रममा बोल्ने क्रममा झापा जिल्लाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले झापा जिल्लामा मदिरा सेवनको कारण घरेलु हिंसा अत्यधिक हुने गरेको बताए । उनले विगत ३ वर्ष यताको घरेलु हिंसा सम्वन्धिको तथ्यांक प्रस्तुत गर्दै मादक पदार्थको सेवन पश्चात हिंसाको घटना भएको खुलाए ।

आर्थिक वर्ष २०७२⁄०७३ मा ९७ वटा घरेलु हिंसाका मुद्दाहरु मध्ये ६६ प्रतिशत मुद्दाहरुमा मादक पदार्थ सेवन गरेर भएको उनले बताए । यस्तै, आर्थिक वर्ष २०७३⁄०७४ मा १ सय ५ वटा घरेलु हिंसाका मुद्दा रहेको प्रहरी तथ्यांक रहेको छ । ती मध्ये ७२ वटा मादक पदार्थ सेवनको कारण भएको थियो भन आर्थिक वर्ष २०७४⁄०७५ मा दर्ता भएका २६ वटा घरेलु हिंसाका मुद्दाहरु मध्ये १७ वटा मुद्दाहरु मादक पदार्थको सेवनबाट हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । जसलाइ प्रतिशतमा हेर्ने हो भने ६७ प्रतिसत घरेलु हिंसाका मुद्दाहरु मादक पदार्थको सेवनका कारण हुने गरेको पाइएको छ । अन्र्तक्रियामा बोल्दै एसपी ढकालले मादक पदार्थको सेवनमा मात्र होइन, विक्री वितरणलाई पनि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार गर्न गराउन पनि नेपाल प्रहरीले कदम चाल्ने वताए ।
नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्वर प्रदेशका संसद बृख प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । प्रधानले भने प्रदेश नं. १ ले पनि प्रदेशको शान्ति सुरक्षा कायम गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने वताए । हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुख्य नारासहित सञ्चालन भएको कार्यक्रम शनिश्चरे वजारमा रहेको सामुदायिक भवनमा करिव २ सय सहभागिताका साथ सम्पन्न भएको थियो ।
नेपाल प्रहरीका विर्तामोड अनारमनिका प्रहरी इन्चार्ज प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइराला समुदायलाई अपराधरहित बनाउन समुदायको पनि उत्तिकै ठुलो भुमिका रहेको भन्दै स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुसँगको सहकार्यमा वडा टोल तथा विद्यालयमा समिति निर्माण गरी शान्ति सुब्यवस्था कायम गर्न नेपाल प्रहरी अगाडि वढेको वताए ।
चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराई, शान्ति सामुदायिक वनका तुलसी खतिवडा, नेपाली कांग्रेस जिल्ला कार्य समितिकी सदस्य सरस्वती सिटौला, नेकपाकी महिला नेत्री कुसुम राई, नेकपाकै नगर समितिका प्रेमसागर सापकोटालगायतले महिला हिंसाको अन्त्यका लागि सर्वप्रथम म आफैँबाट सुरु गर्नु पर्ने त्यसमा पनि सर्व प्रथम महिलाले महिलालाई बुझ्न जरुरी रहेको वताए ।
शुभकामना मन्तब्यकै क्रममा पुर्व सभासद प्रेम गिरीले देसको राजनीतिक गतिरोध तथा त्यसले नेपाली जनतामा पारेको प्रभाव र नेपाल प्रहरीमा लाग्ने गरेको राजनीतिक लगामका वारेमा खुलेरै चर्चा गरे । अर्जुनधाराका मेयर रानाले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा मात्र होइन, यो अभियान समाप्त पछि हरेक वडाहरुबाट हिंसालाइ जरैबाट उखेल्नको निम्ति अभियान सञ्चालन गर्ने र त्यसका लागि मंसिर २४ गते अर्जुनधारा नगरपालिका वडा नं. ८ वाट अभियान सुरु गर्ने वताए ।