पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी सेवा शाखाले नगरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर भएको छ । नगरमा ३ ठाउँमा निःशुल्क शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत नेपाल पाराभेटेरीनरी एशोशियसन, इकाई कमिटी पथरीशनिश्चरेको सहआयोजनामा शनिबार वडा नम्वर ७ स्थित लामाटोलमा पहिलो शिविर सम्पन्न भएको छ । नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा पशु तथा पंक्षीहरुको जाँचका साथै आवश्यक औषधीहरु समेत वितरण गरिएको थियो । मंसिर १७ गते वडा नम्वर ६ को भातेगौडामा र १९ गते वडा नम्वर ८ को सोमबारे बजारमा सो शिविर सञ्चालन गरिने पशुपंक्षी सेवा शाखा प्रमुख गणेश शिवाकोटीले बताए । नगरपालिकाले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरका लागि ७० हजारका दरले ३ स्थानका लागि २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।