धरान: सुनसरीको धरान उपमहानगरपालिका १७ मा रहेको उदय सामुदायिक वनमा एक वेवारिसे शव फेला परेको छ ।

आइतवार करिब १० बजेतिर बेवारिशे अवस्थामा एक पुरुषको शव फेला परेको हो । सडिगलेको अवस्थामा लाश फेला परे पछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । उक्त शव धरान ५ का वखतबहादुर रामदामको भएको प्रहरीले जनाएको छ । उनी भदौ दोस्रो सातादेखि हराएका थिए ।

डिएसपी सुमन तिम्सिनाका अनुसार परिवारबाट जाहेरी आएकोले अब प्रक्रिया अघि बढेको छ । शवको कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।