इटहरी: सुनसरी र उदयपुरका सरोकारवालाहरुलाई दुई दिने विपद् सचेतना तथा अभिमुखिकरण तालिम सुनसरीको इटहरीमा सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुनसरी र उदयपुरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको अभिमुखिकरण तालिम सुरु भएको हो । प्रदेश नम्वर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीको अध्यक्षता आयोजित उद्घाटन सत्रमा आन्तरिक मामिला तथा काकुन मन्त्री हिक्मतकुमार कार्की प्रमुख आतिथि थिए । तालिमको विषयमा सचिव पराजुलीले प्रकाश पारेका थिए । तालिममा सुनसरी र उदयपुरका स्थानीय तहका प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना विपद्का क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।