इटहरी: २७ औ अन्तराष्ट्यि अपागंता दिवसको अवसर पारेर अपागंता भएका सात जनालाई लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले एक कार्यक्रमको आयोजना गरी ह्विल चेयर वितरण गरेको छ ।
इटहरीको मुख्य चौकमा रहेको रेयुकाई चौतारीमा कार्यक्रमको आयोजना गरी अपागंता भएका ७ जनालाई ह्विल चेयर वितरण गरेको हो । शान्ता न्यौपानेको अध्यक्षता तथा नेपाल नेपाल चेलीवेटी अपागं महिला समाजकी अध्यक्ष लक्ष्मी घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा भगवती चौधरी, मनमाया गुरुङ, ज्ञानवहादुर तामाङ, हेमा वर्देवा लगायतलाई ह्विल चेयर वितरण गरिएको थियो । अपागंता भएकाहरुलाई सहज होस भनेर आफुहरुले अपागंता सहयोगी सामाग्री वितरण गरेको आयोजक संस्थाकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।