धरान: पुर्ब स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ता धरान १४ बिजयपुर निबासी बेलकुमा थेबेको उचार सहयोग समिति धरान १४ गठन भएको छ ।

थेबेलाई घाटीमा क्यानसर देखापरे पछि अहिले काठमाण्डौको हरिसिद्दी अस्पतालमा उपचाररत रहनुभएको छ । समाजको एक कुशल अभियान्ता र सामाजिक ब्यतित्व थेबेको उपचारमा सहयोग पुरयाउने उदेश्यका साथ धरान उपमहानगरपालिकाका प्रज्ञ प्रतिष्ठानका सँयोजक अम्बिका सम्बाहाम्फेको सँयोजकत्वमा एक उपचार सहयोग समिति गठन भएको हो । समितिको सदस्य सचिबमा भगत चोङ्बाङ, अार्थिक सँयोजक काशीनाथ पौडेल, सदस्यहरुमा भैरब अाङ्ला, हरीनारायण बासकोटा, सुबास न्यौपाने, टिकाराम घिमिरे, मणिसुन्दर खत्री, १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, अधिबत्ता राजेन्द्र लङ्वा,सागरकुमार खडका रहनुभएको छ । त्यसैगरी सो समितिको सल्लाहाकारमा डा. टँक न्यौपाने, सागरमणि सुवेदी, हर्कजँग एभेङ , बिश्वराज खनाल, एकु घिमिरे,थर्कराज गौतम र मँगलसिह अाङ्बुहाङ रहनुभएको छ ।

यो समितिले थेबेको स्वास्थ्य उपचारका लागि सहयोग सँकलन गर्ने र सबैलाई उपचारमा सहयोगको लागि अपिल गर्ने जनाएको छ ।