इटहरी : प्रदेश न. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले टिपर नियन्त्रण गर्न नयाँ नियम लागू गरेको छ । ट्राफिक प्रहरीले प्रदेश न. १ का १४ जिल्लाका मुख्य तथा सहायक राजमार्गमा बिहान ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । निर्णय अनुसार १४ वटै जिल्लाको जिल्ला सुरक्षा समितिले पनि निर्णय गरेर सर्कुलर गरिसकेका छन् । सडकमा सबैभन्दा बढी मानिसहरुको चहलपहल हुने समयमा दुर्घटना रोक्न टिपर सञ्चालनमा रोक लगाएका हौं , प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलले भने, कसैले नियम तोडेमा कारबाही गरिनेछ । रोक लगाइएको समयमा चार घण्टाको समय सवारी साधनको चाप हुने र ट्राफिक प्रहरी व्यस्त हुँदा झनै समस्या हुने गरेकाले गर्दा जाडोको समयमा टिपर बढी नै दुर्घटनाका कारक हुने गर्छन् । ट्राफिक प्रहरीको रेकर्ड दुर्घटना टिपरकै कारण १२ वटा दुर्घटना भएको छ दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनेको तुलनामा सात गुणा बढी घाइते भएका छन् । प्रदेश न. १ मा पूर्वाञ्चल टिपर व्यवसायी सघंमा दर्ता भएका टिपर पाँच सयको हाराहारिमा छन् । यस्तै, कोसी ट्रक व्यवसायी सघंमा केही आबद्ध छन् । संघमा दर्ता नै नभइकन पनि बग्रेल्ति टिपर गुड्ने गरेका छन् । पूर्वाञ्चल टिपर व्यवसायी सघंका महासचिव शिव पोखरेलले व्यवसायीमाथि अन्याय गर्नेगरी गरिएको निर्णयविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिए । साढे चार महिनाको अवधिमा प्रदेश न. १ मा कुल ४ सय ६८ वटा दुर्घटना भएका छन् । दुर्घटना परी १ सय १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ सय ४९ जनाको घाइते भएका छन् ।
नागारिक पूर्वेली बाट साभार गरिएको