झापा: झापाको मेचीनगर नगरपालिका-६ भन्सार कार्यालय गेटबाट प्रहरीले लागूऔषध टि.डी जेसिक सहित बुधवार २ जना युवकलाई पक्राउ गरेको छ ।
लागूऔषध डाईजेपाम-२५ एम्पुल, फेनारागन-२५ एम्पुल र लुपिजेसिक-२५ एम्पुल सहित दमक नगरपालिका-४ बस्ने बर्ष २२ को सुमन धिमाल र बर्ष १८ को बिजय श्रेष्ठलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा पाईण्टको गोजीमा लुकाई राखेको लागूऔषध फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इप्रका काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।