धरान :सुनसरीको धरान उप-महानगरपालिका-१३ लक्ष्मी चोकमा बुधवार स्कुटरको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् ।

बिहान १० बजेको समयमा भनुचोकबाट जिरोप्वाईन्ट तर्फ जाँदै गरेको को १३ प १०१९ नम्बरको स्कुटरले पैदलयात्री धरान-५ बस्ने बर्ष २७ को मनोज महरालाई ठक्कर दिएको थियो । दुर्घटनामा परि घाइते महरालाई उपचारको लागि स्कुटर चालक धरान-८ बस्ने सुम्निमा सुब्बाले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।