पथरी: महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका ९ जना महिला स्वास्थ्य स्वयमसेविकालाई एक एक थान साइकल प्रदान गरेको छ ।

हसन्दह स्वास्थ्य चौकीमा कार्यरत वडा नम्वर ५ र ६ का स्वयमसेविकाहरुलाई साइकल प्रदान गरिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोला प्रमुख अतिथि रहेको एक समारोहबीच साइकल प्रदान गरिएको हो । नगरमा रहेका ३० जना महिला स्वास्थ्य स्वयमसेविकालाई एक एक थान झोला र छाता पनि प्रदान गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

कार्यक्रममा स्वास्थ्य कर्मचारी रत्नकला गुरुंग बराल हाँडी फुटाईमा पुरस्कृत भएकी थिइन् । कार्यक्रममा बोल्दै नगर उपप्रमुख वास्तोलाले नगरमा स्वास्थ्य क्षेत्रमा सक्रियतापूर्वकका कार्यक्रमहरु भएकोप्रति खुसी व्यक्त गरिन् । साथै उनले महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदानको उच्च कदर पनि गरिन् । आफ्ना अधिकारका कुरा उठाउँदै महिला स्वास्थ्य स्वयमसेविकाहरुले र्याली समेत निकालेका थिए