धरान: पुर्व अर्थात प्रदेश नं १ को साहसिक खेल पर्यटनमा नयाँ उपलब्धी हासिल भएको छ । गत महिना बेलका नगरपालिकाबाट प्याराग्लाइडिङको बिगिनर्स (सोलो पाइलट) कोर्षको प्रशिक्षण केन्द्र शुरु भएकोमा अब धरान र आसपासको उपयुक्त डाँडाबाट व्यावसायिक(टेण्डम) पाइलटको कोर्ष पनि शुरु गर्न सकिने भएको छ ।

खेलकुद मन्त्रालय र नागरिक उड्यान प्राधिकरणले धरानसहित मोरङको उत्तरी पहाडी क्षेत्रलाई समेटेर प्याराग्लाइडिङको टेनिङ सेन्टर सञ्चालनको लागि हवाई खेलमैदान(एयर स्पेश)को स्वीकृति दिएको छ । यसलाई पुर्वको पर्यटनमा महत्वपुर्ण उपलब्धी मानिएको छ । राष्ट्रिय खेलकुद परिषदअन्र्तगतको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ(नेफा)को पहलमा मन्त्रालय र प्राधिकरणबाट हवाई खेल मैदानको स्वीकृति मिलेको हो । यो ३०, ५० एयर स्पेश भएकोले अब पुर्वबाट नै व्यावसायिक टेण्डम पाइलट उत्पादन गर्न प्रशिक्षण दिन सकिनेछ । अब पुर्वबाट नै सोलो र टेण्डम पाइलट उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्न सकिनेछ ।

धरानमा वडा नं २० स्थित चिण्डे डाँडा र धरान ४ स्थित छोटीमोरङ डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुदै आएको छ । अब टेण्डम पाइलट पनि यहीबाट उत्पादन गर्न सकिने बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सचिव राम राईले बताए । उनका अनुसार व्यावसायिक पाइलट हुनको लागि ३० किलोमिटर ट्रयांगुलर फ्लाइट गर्नुपर्छ । अब धरानबाट नै यो फ्लाइट गर्ने अनुमति मिलेको छ । मन्त्रालय र प्राधिकारणबाट पाएको एयर स्पेशले धरानको चिण्डे डाँडा आसपासदेखि मोरङको जेफालेसम्म छ । ट्रयांगुलर ३० किलोमिटरबाहेक एउटै लाइनमा उडेर ५० किलोमिर पनि पुग्न सकिने सचिव राईले बताए । ‘हामीले टेण्डम कोर्ष मात्र होइन, अब क्रसक्रन्टी अन्र्तराष्ट्रिय प्रतियोगिता पनि गर्नसक्छौ,’उनले भने । नेफाका प्रशिक्षक सुरेन गुरुङका अनुसार पुर्वको पर्यटनको लागि यो ठुलो उपलब्धी हो ।

अब धरानबाट व्यावसायिक पाइलट तयार गर्न सकिने र पुर्वमा धेरै ठाउँमा प्याराग्लाइडिङलाई व्यावसायिकरुपमा विस्तार गर्न मद्दत पुग्ने उनले बताए । ‘जति धेरै पाइलट भयो, त्यति व्यावसायिकरुपमा विस्तार हुदै जान्छ,’उनले भने । हाल धरानमा सञ्चालनमा रहेको दुई कम्पतीले पनि टेण्डम पाइलटको अभाव झेल्दै आएका छन् । ‘प्रोफेस्नल फ्लाइट गर्नलाई ३० किलोमिटर ट्रयांगुलर फ्लाइट गर्नुपर्छ । जुन डाँडाबाट उडेको हो, ट्रयांगुलर उडान गर्दै त्यही आउनुपर्छ,’उनले भने,‘५० किलोमिटर प्mलाइटमा चै एउटै लाइनमा उड्दै गएर जही पनि ल्याण्डिङ गर्न सकिन्छ ।’