इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी क्याम्पसका विद्यार्थीहरुले निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न रहेको दोषी पत्ता लगाउन माग गर्दै न्याय माग्दै बिरोध र्याली निकालेका छन् ।

हत्यारा पक्राउ गर्न नसकेर सरकारले लाचारीपन देखाएको भन्दै विद्यार्थीहरुले सरकार विरोधी नाराबाजी समेत गरे । सरकार भेटियो, न्याय भेटिएन जस्ता प्ले कार्ड बोकेर विद्यार्थीहरु र्यालीमा निस्किएका थिए । क्याम्पसबाट निकालेको रर्याली इनरुवा बजार परिक्रमा गर्दै विद्यार्थीहरुको भिडले परिक्रमा पश्चात लोकतान्त्रिक चौकमा पुगेर कोणसभा गरेको थियो । विद्यार्थीहरुले मुलुकमा हत्या र हिंसाका घटना बढ्दै जानु दुःखद भएको बताउँदै निर्मला हत्या घटनाको पर्दाफास गर्न नसक्नु सरकारको गैरजिम्मेबारीपन भएको भन्दै नराबाजी गरेको थिए ।