धरान : मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड यात्रा टप १२ मा पुगेर टुंगिएको छ।
चीनको सान्यामा जारी मिस वर्ल्डमा एसिया–ओसियाना क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए।
यो क्षेत्रबाट मिस थाइल्यान्ड मिस वर्ल्ड एसिया ओसियनाको उपाधिसहित अन्तिम ५ मा प्रवेश गरेपछि शृंखलाको मिस वर्ल्डको यात्रा टुंगिएको हो।
टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी छिन्। उत्कृष्ट ५ मा युरोपबाट बेलारुस, अमेरिका क्षेत्रबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र क्यारेबियन क्षेत्रबाट जमैका परेका छन्।