सुनसरी:ईलामको सुर्योदय नगरपालिका ७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका ७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा खाना सर्किएर सोही सहकारीका कर्मचारी ४५ बर्षिय उदयमान चौधरी बिरामी परेका थिए । साँझ ५ बजेको समयमा खाना सर्किएर गम्भीर भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित वि .एण्ड सी. अस्पताल पठाईएको थियो ।
उनको उपचारको क्रममा सोही अस्पतालमा साँझ ६ बजेर ५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । मृतकको शव इलाका प्रहरी कार्यालय अनारमनीसंग समन्वय गरी कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको पनि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।