काठमाडौ: कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पाए आफु बर्दी खोल्न तयार रहेको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बताएका छन् ।

सोमबार संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपस्थित भएका आईजीपी खनालले सांसदहरुको प्रश्नको जवाफ दिदै यो घटनामा कसैलाई पनि जोगाउन प्रहरी संगठन र आफु नलागेको बताए । बलात्कार र हत्या प्रकरण गम्भीररुपमा अघि बढीरहेको बताउदै खनालले भने,‘लापरबाही गर्ने प्रहरीलाई बर्खास्त पनि गरिसकेका छौँ, प्रहरीमाथि कुनै किसिमको राजनीतिक या अन्य दबाब परेको छैन, हामी चाँडै अपराधीसम्म पुग्छौँ ।’

आईजीपी खनालले अपराधको घटना अनुसन्धानमा ९७.५ प्रतिशतसम्म नेपाल प्रहरीले सफलता पाएको उल्लेख गर्दै भने,‘निर्मला प्रकरणको अनुसन्धानमा केही कमजोरी भएकै हो, तर हामी कसैलाई जोगाउने गरी काम गरेका छैनौ, मैल्े बचाउन लागेको वा ढाकछोप गरेको पाइए संसदमै लगेर मेरो बर्दी खोलिदिनुस् ।’

गत साउन १० गते कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको भोलीपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्