धरान: मुस्लिम सेवा समिति धरानले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान २ स्थित चीनीया चोकमा आयोजित रक्तदाना ५६ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक जावेद आलमले जानकारी दिए ।

समितिले यो चौथो पटक रक्तदान आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नविन राजभण्डारी थिए भने अतिथिहरुमा राजिव हलवाई र मुस्लिम अगुवाहरु पनि भएको व्यवस्थापक अफाक अहमदले जानकारी दिए ।

48268793_337360853658892_5366241502374658048_n