धनकुटा : पाख्रिवास नगरपालिका ८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा ३५ वर्षीय भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।
बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको भन्ने जनाकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उक्त कार्यालयले जनाएको छ ।