पाँचथर: पाँचथरको याङवरक गाउँपालिका ३ ओयामबाट प्रहरीले बुधवार भरुवा बन्दुक बनाउने सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको प्रहरी टोलीले ५ नाल भरुवा बन्दुकको पाटपुर्जासहित पाँचथर हिलिहाङ गाउँपालिका ५ सुभाङ बस्ने ४८ बर्षीय बुद्धिमान बिकलाई पक्राउ गरेको हो ।
दिउँसो १२ बजे बिकले याङवरक ३ का ६० बर्षे शान्ता बहादुर बिकको घरमा फलाम पिट्ने आरनमा बन्दुक बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।