मोरङ :मोरङको ग्रामथान गाउँपालिका ६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

राती ११ बजेको समयमा मोरङ्ग सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खसेको थियो । घाइते भएका चालकको तत्काल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका ११ का २५ बर्षीय नरेश चौधरी पनि घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको थियो । उपचारको क्रममा मोटरसाईकल चालकको सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते चौधरीको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।