पथरी : मोरङको पथरीशनिश्चरेले नगर क्षेत्रमा २ पुस्तादेखि घरजग्गा विहीन वासिन्दाको तथ्याङ्क संकलन गर्ने भएको छ ।

नगर कार्यपालिकाको पछिल्लो बैठकले २ पुस्तादेखि नेपाली नागरिकका रुपमा वसोवास गरेको प्रमाण भएका र नेपालभरी कँही घरजग्गा नभएकाहरुको तथ्याङ्क संकलनका लागि सूचना जारी गर्ने निर्णय गरेको थियो । सो अनुरुप १० दिनभित्र वडा कार्यालयले त्यस्ता व्यक्तिहरुको तथ्याङ्क संकलन गरी नगरपालिकामा पेश गर्न सूचित गरिएको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।