झापा  : झापामा मंसिर महिनामा मात्र तिन सय एकाउन्न सवारी साधन मापसे कारवाहिमा परेका छन । जस वाट ३ लाख एकाउन्न हजार राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय झापाले २४ घण्टे मापसे चेकिङलाइ तिव्रता दिए पछि यि सवारीहरु कार्वाहिमा परेका हुन । झापा जिल्लामा सवारी दुर्घटना वढे सँगै जिल्ला ट्राफिक कार्यालयले विभिन्न स्थान र समयमा मापसे चेकिङ लाइ तिव्रता दिएरहेको जिल्ला ट्राफिक कार्यालय झापाका सहायक प्रहरी निरिक्षक याम कुमार खड्काले जानकारी दिए ।
मापसे जाँचमा मंसिर महिनामा मात्र १९ वटा ट्रक, ६ वटा वस, ३४ वटा कार, जिप, भ्यान, २ सय ५९ वटा मोटरसाइकल, १२ वटा ट्रयाक्टर र अन्य सवारी साधन २१ वटा गरी जम्मा ३ सय ५१ वटा सवारी साधन कार्वाहिमा परेको जिल्ला ट्राफिक कार्यालय झापाका नायव प्रहरी निरिक्षक कालिदास रेग्मीले जानकारी दिए ।

जिल्लामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या वढे सँगै सवारी दुर्घटनामा पनि बृद्धि भएको छ । मादक पदार्थ उपभोगमा कमी ल्याउन जिल्ला प्रहरी कार्यालय झापाले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जिल्ला ट्राफिक कार्यालय झापाले २४ घण्टे मापसे चेकिङ गर्ने कार्य सञ्चालन गरिरहेको वताउदै जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरिक्षक राजेश राईले यस कदम वाट मापसे गर्नेको संख्या घटे सँगै सवारी दुुर्घटना पनि कम हुने विश्वास ब्यक्त गरे ।