झापा:झापाको बिर्तामोडमा एक व्यक्तिको छतबाट खसेर मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको वस्नेत मार्केटको दुई तले भवनबाट खस्दा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका अन्जान ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।