धरान : किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आठौं अधिवेशनबाट बलराम राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
धरान–१० स्थित यायोक्खाको आफ्नै भवनमा शुक्रबारदेखि जारी अधिवेशनमा दुई उपाध्यक्ष पद बाहेक सबै पद निर्विरोध चयन भएका थिए । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा नगेशचन्द्र राई (इटहरी), हिन्दुहाङ राई र रेवती रमण राईले भाग लिएका थिए । तीनै जनाबीच भएको कडा प्रतिपर्धामा नगेशचन्द्र राई र हिन्दु्हाङ राई चयन भएका थिए । त्यसैगरी, सचिबमा राजेन्द्र राई चयन भएका छन् ।
यायोक्खाको नयाँ विधान अनुसार तीन सह–सचिब पदमा नविन राई, सम्भु राई (पृथक) र सुमित्रा राई (इटहरी), कोषाध्यक्षमा सुबित्रा राई र सह–कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ चयन भएका छन् । त्यसैगरी, समितिको सदस्यहरुमा रमेश राई, मेनुका राई, झुमा राई, केशब राई, सत्येन्द्र राई, इन्दिरा राई, चन्द्र बान्तावा राई, यलमहाङ राई, अमित कुमार राई, प्रदिप राई, नन्द कुमारी राई, सबिता राई, नुनिहाङ राई, गोपाल राई, चन्द्र कुमार राई, दुर्गा कुमारी राई चयन भएको नवनिर्वाचित सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङले बताए ।