इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका हरिनगराको सभा हलमा महिला हिंसा निवारणका लागि न्यायिक समितिको क्षमता विकास ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

समाजमा भईरहेको लैङ्गकि हिंसा, महिला हिंसा तथा बालबालिका हिंसा रोकथाम गर्न को लागि हरिनगर गाउँपालिकामा महिलाहरुलाई विभिन्न हिंसा सम्बन्धि तालिम दिएको हो। महिला तथा बालबालिका शाखा हरिनगर गाउँपालिकाले ३ दिने महिला हिंसा सम्बन्धि कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम महिला तथा बालबालिका शाखा हरिनगर गाउँपालिकाको आयोजना तथा समुदाय प्रहरी साझेदारी सुनसरीको सहकार्य रहेको थियो ।

महिला हिंसा तथा बालबालिकाहरुको उमेर नपुगि विवाहा गर्नु मुख कारण रहेको सहभागीहरुले बताएका हो। सो कार्यक्रम सहभागीहरुले अहिले अन्तरजातीय विवाहाले समाजमा मुख चुनोतिको रुपमा रहेको यसको निवारणकाको लागि सहभागीले जोड दिएको हो । कार्यक्रममा सहभागीहरुले आफ्नो कानुनी अधिकारको बारेमा जानको लागि जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका बिनु बस्नेत संग अन्तरक्रिया गरेर आफ्नो अधिकारको जानकारी लिएको हो। कार्यक्रमका सहभागीहरुलाई वडा नं १ का सचिव डिमपल देव, हरिनगर गाउँपालिका स्वास्थ्य शाखाको सहसंयोजक प्रकाश थापा मगर तथा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका बिनु बस्नेतले प्रशिक्षण दिएको हो।