विराटगनर: विराटनगरमा लागूऔषधसहित प्रहरीले सोमवार एक युवकलाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका १६ हुलास मेटल चोकबाट प्रहरीले लागूऔषधसहित भक्तपुर अनन्त लिंगेश्वर नगरपालिका ४ बस्ने २४ वर्षीय राजेश न्यौपानेलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पैदल हिडिरहेका न्यौपानेलाई शंका लागि चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न भागमा लुकाई राखेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट लागूऔषध नाईट्रोसन ट्याब्लेट १ सय चक्की र नाईट्राभेट ६ सय चक्की बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।