मोरङ: सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियानलाई तीब्र बनाएको प्रहरीले करिब १ लाख ३ हजार मूल्य बराबरको डिजलसहित एक युवकलाई पक्राउ गेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारततर्फ डिजेल निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका ३ का २० बर्षीय संजय टुडुलाई पक्राउ गरेको हो । बिहान साढे ९ बजे विराटनगर महानगरपालिका १५ बाट पक्राउ परेका टुडुलाई बरामद गरिएको डिजलसहित बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।