उदयपुर:उदयपुरको कटारी नगरपालिका १ बाट प्रहरीले लागूऔषध र मोटरसाईकल बरामद गरेको छ ।
प्रहरी चौकी बेलसोत र ट्राफिक प्रहरी सहितको सवारी चेकजाँचको क्रममा मिर्चैयाबाट कटारी आउँदै गरेको को ३४ प ६८४५ नम्बरको मोटरसाईकलमा सवार रहेका १ व्यक्ति प्रहरीलाई देख्नासाथ मोटरसाईकल र झोला छाडेर भागेका थिए । उक्त झोला चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट १९५ पिस, डाईलेक्स डि.सी.३९ बोतल, सेटिजिन २० पिस र जेफकोर्ट १२ पिस बरामद गरेको हो ।
त्यसैगरी धनुषा नगराईन १ बस्ने बर्ष ४० को निलेन्द्र कुमार कर्ण नाम गरेको नागरिकता समेत फेला परेको छ । बरामद मोटरसाईकल र लागूऔषध इलाका प्रहरी कार्यालय कटारीमा राखि थप अनुसन्धान तथा फरार व्यक्तिको खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।