सुनसरी: सुनसरीको कोशी गाउँपालिका २ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् । राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उरावलाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो ।
अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।