इटहरी:चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’को मेघा राउण्डमा प्रवेश गरेका इटहरीका वालगायक प्रितम आर्चायलाई इटहरी उपमहानगरले शुभकामनासहित विदाई गरेको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीवासीको तर्फबाट नेपाली टोपी लगाइदिएर शुभकामना व्यक्त गरेका थिए । साथै, मेयर चौधरीले बाटो खर्चसमेत प्रदान गरेका थिए । उपप्रमुख लक्ष्मी गौतमले पनि नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै उनलाई शुभकामना दिएका थिए ।

इटहरीका २० का वडाध्यक्ष मणीराम श्रेष्ठ, रेडक्रस इटहरी सभापति विमल पौडेल, महिला सञ्जालकी अध्यक्ष विमला ढकाल, नागरिक समाजका अध्यक्ष दिनेश रसाइलीले पनि वालगायक आचार्यलाई बाटो खर्चसहित शुभकामना दिएका थिए । वालगायक प्रितमले इटहरी उपमहानगरको सम्मान र शुभकामना ग्रहण गर्दै इटहरीको नामलाई संसारमा फैलाउने प्रतिवद्धता जनाए । केही समय अघि दिल्लीको अडिसा पार गरेर नेपाल फर्केका प्रितम अहिले मेघा राउण्डको लागि तयारीमा छन् । प्रितम भोली बिहिबार मुम्वइ तर्फ प्रस्थान गर्नेछन् ।