पथरी: मोरङ्गको पथरीशनिश्चरेमा रहेको भुटानी शरणार्थी शिवीरवाट चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

वुधवार शरणार्थी शिवीर सेक्टर सि थ्री छाप्रो नम्वर १४ का भगीमान गुरुङ्गको घरमा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । तर, प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाएको छैन । वुधवार दिउँसो गुरुङ्ग परिवार पथरी बजार गएको मौका छोपी घरमा रहेको साढे ३ तोला सुन र १० हजार नगद चोरी भएको थियो । केही दिन अघिमात्रै पथरीको शिखर चौकस्थित एक सुन पसलबाट पनि सुनचादी चोरी भएको थियो ।