मोरङ:मोरङ जिल्ला अदालतबाट वन मुद्दामा कैद सजाय भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

मोरङ मिक्लाजुङ गाउँपालिका ४ का ३३ बर्षीय रुपेश राईलाई इलाका प्रहरी कार्यालय बेलवारीले पक्राउ गरेको हो । राईलाई बन मुद्दामा २०६९ साल असार ७ गतेको जिल्ला अदालत मोरङ्गले कैद र जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार उनले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा जरिवाना र १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । उनलाई बिहान पौने १० बजे आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएर करागार चलान गरिने उक्त कार्यालयले जनाएको छ ।