इटहरी: विभिन्न क्षेत्रबाट सामाजिक सेवामा योगदान पुर्याउने तथा आफना सदस्यसमेतलाई ज्येष्ठ नागरिक समाज इटहरीले सम्मान गरेको छ ।

ज्येष्ठ नागरिक समाज इटहरीको १० औं साधारणसभाको अवसर पारेर समाजले निसाहय वालवालिका सेवा आश्रमकी सञ्चालीका गीता गौतम तथा सञ्चारकर्मी रञ्जना पौड्याल सहित समाजमा आवद्ध ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । त्यसैगरी, समाजका पुर्वअध्यक्ष रामबहादुर तालचा भण्डेल, कृष्णप्रसाद पोखरेल, लालबहादुर कार्की, धर्मानन्द खनाल, रुद्रप्रसाद प्याकुरेल लगायतका १५ जना ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको छ ।

सम्मानित गौतम र पौडेललाई विष्णु गणेश, लिला श्रेष्ठ अक्षयकोषबाट जनही नगद ५ हजारसहित सम्मान गरिएको थियो । यस्तै,ज्येष्ठ नागरिकहरुलाई दौरासुरुवाल, सम्मान पत्र र महिलालाई सारी,चोलो, वर्काेसहित सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी गौतम लगायतले सम्मान गरेका थिए । पुण्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले कविता, भजन सुनाएका थिए ।