इटहरी : जाडो बढेपछि इटहरी उपमहानगरपालिकाले अतिविपन्न नागरिकलाई कम्वल वितरण गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्वर १ र १७ को मुसहरी बस्तीका अतिविपन्न नागरिकलाई १ सय ३२ थान कम्वल वितरण गरेको छ । छोटीलविपुर भन्ने ठाँउमा नगरप्रमुख द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले विपन्न समूदायका नागरिकलाई कम्वल वितरण गरेका थिए । घर आँगनमै आएर स्थानीय सरकारले जाडोमा कम्वल दिएपछि सर्वसाधारण खुशी भएका छन् ।

kapada 2

नागरिकलाई जाडोबाट बचाउन कम्वल वितरण कार्यक्रमलाई निरन्तरता दिइने प्रशाशकीय अघिकृत दिपक दाहालले जानकारी दिए । पुष १ गते देखि वढेको जाडोले जनजीवन प्रभावित भएको छ । बिहान बाक्लो हुस्सु लाग्न थालेपछि विपन्न परिवार चिसोले बढी प्रभावित हुन थालेको छ ।