सिरहा : सिरहामा नक्कली सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
करीब साढे २ किलो नक्कली सुनसहित भारत मधुवनीका ३५ वर्षीय दिपु सिंह, ४५ वर्षीय राम सेवक पासवान र नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने २ किलो २३ ग्राम धातु फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । ठगी गर्ने उदेश्यले सुन भनी नक्कली धातु बेच्न नेपालतर्फ आउँदै गरेका उनीहरुलाई नवराजपुर गाउँपालिका, ४ बाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट भारतीय र नेपाली नम्बर प्लेटको २ थान मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।