पथरी : मरेको चितल सहित पथरी प्रहरीले १ जनालाइ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले पथरीशनिश्चरेको मनकामना सामुदायिक बन क्षेत्रबाट बिहिबार पथरीशनिश्चरे १ का रत्न बहादुर धिमाल लाई पक्राउ गरेको हो । धिमालको साथ बाट एक थान भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने छर्रा र खुकुरी बरामद गरिएको इलाका प्रहरीका प्रहरी निरिक्षक कमल बजगाइले जानकारी दिए । २ बर्ष उमेर जतिको भाले चित्तल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।