इटहरी : सुनसरीको इटहरीमा रहेको युवा विकाश केन्द्रमा आयोजित भुमिको अवधारणा, भुमिमाथिको अधिकार र ग्रामथान संरक्षण विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

नेपालका आदिवासीहरुको मानव अधिकार सम्वन्धी वकिल समुह लाहुर्निपको आयोजनामा आदिवासीहरुको भुमिमा अधिकारका विषयमा शुक्रवारबाट अन्तरक्रिया सुरु भएको हो । अन्तरक्रिया कार्यक्रममा लाहुर्निपका केन्द्रीय उपाध्यक्ष दिनेश घलेले अधिकार र कानुनका विषयमा सहजिकरण गरिरहेका छन् ।

स्थानीय आयोजक आदिवासी मानव अधिकार प्रतिरक्षक क्षेत्रीय प्रतिनिधि गोपाल देवानले समेत सहजिकरण गरिरहेका छन । कार्यक्रममा आदिवासी मानव अधिकार प्रतिरक्षक सुनसरी प्रतिनिधि विना तामागं लगायत आदिवासीसंग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । अन्तरक्रिया शनिवारसम्म चल्ने जनाइएको छ ।