धरान : पुर्वी पहाडी जिल्ला भोजपुर वासीखोरामा २८ वर्ष अघि जन्मिएका हाँस्यकलाकार गणेस इसाराले धरानबाट गणेश ईसारा अल नेपाल एकल कमेडी शो–२०७५ गर्ने भएको भएको छ ।

ईसारा विगत २ दशकदेखि अनवरतरुपमा हाँस्य क्षेत्रमा क्रियाशील कलाकार हुन् । अल नेपाल इशारा एकल कमेडी शो यो एउटा सामाजिक सेवाको लागि समर्पित कार्यक्रम भएको उनले बताएका छन् । शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै कलाकार इशाराले कार्यक्रमबाट संकलित रकमले समाजसेवी विरमाया राई (शोभोमा) अक्षय कोष निर्माण गर्ने बताए । उनले पुस १४ गते धरानबाट आफनो पहिलो कमेडी शो सुरु गर्ने भएका छन् ।

समाज सेवी बीरमाया राई (सोभोमा) को जन्मदिनको अवसर पारेर कमेडी सो सुरु गर्न लागेको कलाकार ईशाराले बताए । उनले छ महिनामा मुलुकका विभिन्न शहरहरु उदयपुरको बेल्टार, चितवन, पोखरा, दोलखा, सिन्धुपाल्चोक र काठमाडौमा एकल केमेडी शो गर्ने जानकारी दिए । हाँस्यकलाकार ईशाराले यस पटक धरानस्थित पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा एकल कमेडी शो गर्ने भएका छन् ।

उनले कमेडी शो र विभिन्न सांगितिक कार्यक्रम गरेर यसअघि भोजपुरकी सृजना राई, दोलखाकी कौशीका ठकुरी, खोटाङका हस्तबहादुर तामाङ, खोटाङकै ललिता चाम्लिङ सुब्बा, धरान बस्दै आएका भोजपुरका मुटु रोगी राजेन्द्र राई लगायतलाई आर्थिक सहयोग गरिसकेका छन । दर्जन भन्दा बढी स्टेज शोहरु गरिसकेका उनले यसअघि ०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो पटक कमेडी एकल शो गरेका थिए । कमेडी शो बाट संकलित समाज सेवी बीरमाया राई ‘सोभोमा’ अक्षय कोष निर्माण गरेर सोही अक्षयकोषले अनाथ बालबालिका, गरिब, बिपन्न समुदाय, जेहेन्दार विद्यार्थी, वृद्धवृद्धा बिरामीको उपचारमा खर्च गरिने ईसाराले बताए ।

देशभर दर्शक माझ प्रतक्ष्य रुपमा प्रस्तुती दिएर दर्शक एवं श्रोताको मन मस्तिष्कमा बस्न सफल भएका छन् ईसारा । इसाराले नेपालका विभिन्न स्थान साथै देश विदेश हङकङ र भारतमा समेत आफ्नो प्रस्तुती दिईसकेका छन् । हास्य व्यङ्ग्य क्षेत्रमा गणेश इसाराको छुट्टै पहिचान छ । उनले निकालेका गाइजात्रा भिसिडीहरु २०६४ साढेतन्त्र , २०६५ भद्रगोल डटकम , २०६६ सदन हल र भट्टी पसल उस्तै –उस्तै जस्ता दर्शक माझ ल्याइसकेका छन् । उनले एक दर्जन म्युजिक भिडियो, अभिनय साथै एक दर्जन नै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

ईसारालाई जन्मेको एक वर्षदेखि मावली ‘बजु’ ९हजुरआमा० वीरमाया राईले पालण पोषण गरेकी थिईन् । तिनै हजुरआमाले आफुलाई ठुलो बनाएपनि कमाएर पाल्ने बेलामा छोडेर गएपछि उनैको सम्झनामा अक्ष्यकोष स्थापना गर्न लागेको बताए । आफुलाई भन्दा सामाजिक सेवाका लागि अहिले सम्म जीवन समर्पित गरेको उनले बताए । उनले आफ्नो नामकालागि भन्दा पनि आर्थिक अभावले उपचार गर्नबाट बन्चितहरुकालागि सहयोग जुटाउने उदेश्यले एकल कमेडी शो गर्ने सकारात्मक सोच आएको बताए । सो कमेडी कार्यक्रम धरान–८ स्थित सभागृह हलमा विहान ११ बजेबाट हुनेछ ।