पथरी:पुर्व पश्चिम राजमार्गको कानेपोखरी वेलावारी खण्डमा आइतवार दिउँसो भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर धाइते भएका छन् । मोरङ्गको वेलवारी १० स्थित सडकमा भएको दुर्घटनामा धाइतेको पहिचान भने खुल्न सकेको छैन ।
पश्चिमबाट पुर्व आउदै गरेको ना४ ख ४८१३ नम्वरको मातृ भाग्य रेखा बसलाई मे ८ प १८७८ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुइजना गम्भिर धाइते भएको र उनीहरुको उपचारका लागी विपि स्वास्थ्य विज्ञान धरान पठाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम कुमार राईले जानकारी दिए । वसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।